Uncategorized
सरकारले गुठी विधेयक सच्याउँछ : प्रधानमन्त्री

काठमाडौँ असार १-
प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने बताएका छन्।
साँस्कृतिक, ऐतिहासिक धरोहर, परम्परा, रितिस्थितिमाथि जानेररनजानेर घच्चा लागेको रहेछ भने सरकारले सच्याउने उनको भनाइ छ।
युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै सरकारले जनताको मन दुखाउन नचाहेको बताए।
‘म आइसक्या छु सबै कुरा हेरेर सांस्कृतिक र ऐतिहासिक धरोहर, परम्परतामा कुनै कुराले कहीँ पनि जानेररनजानेर घच्चा लागेको रहेछ भने सरकारले सच्याउँछ,’ उनले भने।
गुठीका गरिबमाथि शोषण भइराखेको उनले बताए।
‘कतिपय ठाउँमा गुठीका नाममा गरिबमाथि शोषण भइराखेको छ,’ प्रधानमन्त्रीले भने, ‘साँस्कृतिक धरोहरसँग जोडिएका ठाउँमा कतै धक्का लागेको रहेछ भने सरकारले विचार गर्छ।’
उनले प्रतिपक्षी दलप्रति लक्षित गर्दै विधेयकको विरोधको मौका नछोप्न पनि आग्रह गरे।
‘केही मान्छेले खुबै मौका पायौं भनेका होला कुनै चान्स छैन,’ उनले भने, ‘यो सरकारले जनताका हितमा काम गर्छ।’
उनले जनताको भावना र हितविपरीत हुने कुनै पनि कुरा सरकारले नगर्ने पनि बताए। जनतालाई देवता मान्ने, सर्वोपरी मान्ने हित र आदेशअनुसार काम उनको भनाइ छ।