चितवन विशेष

पूर्वमन्त्री धनीरामको मगुई खोलामा अन्त्यष्टी

Banner

चितवन, जेठ ३१–

पूर्व शिक्षामन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य धनीराम पौडेलको आज अपरान्ह चितवनको माडीस्थित मगुई खोलामा अन्त्यष्टी गरिएको छ ।

मृतक पौडेलको पार्थिव शरीरमा दुई छोरी र श्रीमतीले सामुहिक दागबत्ती दिएका थिए । यसअघि माडीको वसन्तपुरस्थित बघौडा अस्पताल परिसरमा आयोजना गरिएको अन्तिम श्रद्धान्जली सभामा नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाटीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली अपर्ण गरेका थिए ।

सो अवसरमा नेकपाका नेताहरु वामदेव गौतम,नारायणकाजी श्रेष्ठ,अमिक शेरचन, गृहमन्त्री रामवहादुर थापा वादल, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, तीन नं प्रदेशका मन्त्रीहरु,नेकपाका नेता कार्यकर्ताहरु र माडीका स्थानीयहरुको ठुलो उपस्थिती रहेको थियो । सो अवसरमा नेकपामा केन्द्रिय सदस्य इश्वरी भट्टराईले नेकपा केन्द्रीय समितिले जारी गरेको शोक वक्तव्य पढेर सुनाएका थिए ।

शोकमा आज माडी नगरपालिकाले नगरमा विदा समेत घोषणा गरेको थियो । आज बिहान मर्निड वाकबाट फर्केर घरमै काम गर्न लागेको समयमा हृदयघात भई उनको निधन भएको हो । मिलनसार र विकासप्रेमी नेता पौडेलको निधनपछि माडी शोकमा डुबेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>