इच्छकामना
मुग्लिङ पुलको बाटो खुला,आवतजावत नियमित

चितवन,जेठ ३१-
नयाँ पुल जाने बाटो तयार पार्नका बन्द गरिएको मुग्लिङ पुलको बाटो खुला भएको छ। बाटो निर्माण गरिरहेको इलाइट एड्भेन्चर लोहनी जेभीले जेठ ३० गतेसम्म बाटोका लागि भीर खन्नुपर्ने भएकाले उक्त बाटो अवरुद्ध भएको थियो।
शुक्रबारबाट भएको कम्पनीका मोतिलाल शर्माले जानकारी दिए। यसअघि जीर्ण मुग्लिङ पुलको साटो नयाँ पुल तयार भएपनि बाटो तयार नभएका कारण वैशाखबाटै सञ्चालनमा आउने पुल सञ्चालनमा आउन सकेको थिएन।
सडक विभागले जेठ मध्यमा डिजाइन स्वीकृत गरेपछि सडक तयार पार्ने काम थालिएको थियो। सडकको कटिङ सकिए पनि कालोपत्रे र पर्खाल लगाउने काम भने हुँदैछ। यसकारण नियमित यातायात अवरुद्ध नभए पनि कालो पत्रे गर्ने बेला भने एकतर्फी यातायात सञ्चालन गरेर आवतजावतलाई नियमित पारिने निर्माण कम्पनीले जनाएको छ।
असारको मध्यमा सडक तयार भएपछि पुरानो जीर्ण मुग्लिङ पुललाई स्वदेशी प्राविधिकले तयार पारेको आर्क पुलले विस्थापन गर्नेछ।उक्त बाटो बिहान ११ देखि दिउँसो ३ बजेसम्म तथा राति ९ देखि बिहान २ बजेसम्म अवरुद्ध हुँदै आएको थियो।