चितवन विशेष
स्वर्गीय पूर्वमन्त्री पौडेललाई नेकपाका अध्यक्षसहित शीर्ष नेताले दिए अन्तिम श्रद्धाञ्जली
०

चितवन, जेठ ३१–
स्वर्गीय पूर्व शिक्षामन्त्री धनीराम (डीआर) पौडेलको पार्थिम शरीरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
माडी पुगेर केहीबेर अघि अध्यक्ष प्रचण्डसहित नेता बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षा मन्त्री गिरिजमणी पोखरेल, अमिक शेरचन, जिल्लास्थित नेताहरुलगायतले पौडेलको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
आज विहान ७ बजे हृदयघातबाट पूर्व मन्त्री पौडेलको निधन भएको थियो । उनी प्रचण्ड दोस्रो कार्यकाल प्रधानमन्त्री बन्दा शिक्षा मन्त्री बनेका थिए । सरल स्वभावका पौडेल सबैका प्रिय व्यक्ति थिए । उनको श्रीमती र दुई छोरीहरु छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























