चितवन विशेष

माडीमा स्वर्गीय नेता पौडेलको अन्तिम श्रद्धाञ्जली

Banner

चितवन, जेठ ३१–

आज विहान निधन भएका स्वर्गीय पूर्व शिक्षामन्त्री धनीराम (डीआर) पौडेललाई अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम सुरु भएको छ । बघौडा अस्पताल बाहिर परिसरमा स्वर्गीय पौडेललाई अन्तिम श्रद्धाञ्जली दिने क्रम चलिरहेको छ ।

श्रद्धाञ्जली दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री गिरीराजमणी पोखरेल, कृषि मन्त्री चक्रपाणी खनाललगायतका नेताहरु माडी पुगेका छन् । अन्तिम श्रद्धाञ्जलीका लागि जिल्ला नेताहरु यसअघि नै माडी पुगि सकेका छन् ।

पूर्व मन्त्री पौडेलको आज विहान करिव ७ बजे हृदयघातका कारण निधन भएको हो । उनको निधनले पुरै माडी शोकमा डुबेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>