चितवन विशेष

पार्टी फुटाउन समय लाग्दैन : नेकपा अध्यक्ष प्रचण्ड

Banner

चितवन, जेठ २९–

नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पूष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी फुटाउन र भत्काउन समय नलाग्ने बताएका छन् ।

भरतपुरमा आज भएको अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानको पुरस्कार वितरण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पार्टी एकतालाई जोड दिँदै पार्टी विभाजन हुन, भत्काउन समय नलाग्ने र सजिलो हुने बताएका छन् । उनले पार्टी निर्माण गर्ने, एकता गर्ने कुरा र नयाँ संरचनातिर अगाडि जाने कुरा कष्ट र समय लाग्ने भएकोले हत्तपत्त गर्न नहुने बताए । समयभन्दा छिटो गर्छु भन्दा दुर्घटना हुनसक्ने भए पनि  एकताको काम छिट्टै टुंगिने बताए । कार्यक्रममा पूर्वअर्थमन्त्री सरेन्द्र पाण्डेले पार्टी एकताको काम छिट्टै टुंगाउनका लागि आग्रह गरेका थिए ।

अध्यक्ष प्रचण्डले ठूला राजनीतिक परिवर्तनपछि प्रधानमन्त्री तथा मन्त्री हुने तर राज्य संरचनाका स्कुल पञ्चायतकालकै जस्तो निरंकुश रहेको बताएका छन् । नियम कानुन परिवर्तन भए पनि सोच्ने काम गर्ने शैली पूरानो भएको बताएका छन् । पार्टी एकता अनुुसारकै निर्वाचनको प्रतिबद्धताअनुसार शुसासन, भ्रष्टाचार निर्मुल जस्ता जनताको भरोसालाई ,भावना अनुसार काम गर्न नसकिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>