इच्छकामना

गृहमन्त्री थापा भन्छन्ः उद्धारमा सशस्त्र प्रहरीको भूमिका प्रशंसा योग्य

Banner

चितवन, जेठ २९–

गृहमन्त्री रामबहादुर थापाले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले खेलेको भुमिकाको प्रशंसा गरेका छन् ।

आज चितवनको कुरिनटारस्थित त्रिशुली नदीमा भएको उद्दारको नमुना प्रदर्शनको क्रममा गृहमन्त्री थापाले प्राणलाई हत्केलामा राखेर उद्धारमा खटिने सशस्त्र प्रहरीको प्रशंसा गरेका हुन् । गृहमन्त्री थापाले भने–‘आफ्नो प्राणलाई हत्केलामा राखेर तपाईहरु उद्धारमा खटिनु भएको छ, तपाईहरु प्रति सिंगो देश नै गौरवान्वित भएको छ ।’

नेपालमा वर्षेनी बाढी आउने, खोलाहरुमा दुर्घटना हुने भएकाले यसमा सशस्त्र प्रहरीले खेल्ने भुमिका सर्हानिय रहेको गृहमन्त्री थापाको भनाई छ । उनले नेपाल विपद् जोखिम मुलुकमा पर्ने भएकोले उद्दारमा खटिने सक्षम व्यक्तिहरुको खाँचो रहेको बताए ।

आज त्रिशुली नदीमा ‘विपद् व्यवस्थापन तालिम केन्द्र’ कुरिनटारबाट तालिम प्राप्त सशस्त्र प्रहरीले उद्दारको नमुना प्रदर्शन गरेका थिए । उनीहरुले भीरमा हुने दुर्घटनामा परेका व्यक्तिहरुको उद्दार, पानीमा डुबेकाहरुको खोजीमा गोताखोरले गर्ने उद्दार र र्‍याफटिङ पल्टिदा दुर्घटनामा परेकाहरुका उद्दार गर्ने तरिका प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, ‘विपद् व्यवस्थापन तालिम केन्द्र’ कुरिनटारका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एवंम् समादेशक किशोर प्रधान, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमख प्रहरी उपरीक्षक दानबहादुर मल्ललगायतको उपस्थिति रहेको थियो । कुरिनटारमा रहेको ‘विपद् व्यवस्थापन तालिम केन्द्र’ दक्षिण एसियाकै पहिलो हो । सशस्त्र प्रहरी बलले झन्डै ११ रोपनी क्षेत्रफलमा तालिम केन्द्र स्थापना गरी उद्दार गर्ने व्यक्तिहरुलाई तालिम दिँदै आईरहको छ । तलिम केन्द्रबाट आगलामी, भूकम्प, बाढी/पहिरो, दुर्घटनालगायत विपद् व्यवस्थापनबारे प्रशिक्षण दिइन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>