चितवन विशेष

आर्थिक वर्ष नसकिँदै राप्ती नगरपालिकाद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

Banner

निशा श्रेष्ठ

चितवन, जेठ २७-

चितवनको राप्ती नगरपाकिाले चालू आर्थिक वर्ष २०७५ र ७६ को जेठसम्ममा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

राप्ती नगरपालिकाबाट प्राप्त तथ्यांकअनुसार यस आर्थिक वर्षमा नगरपालिकाले चार करोड १६ लाख ९८ हजार ८१८ रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो तर जेठ महिनासम्ममा लक्ष्य भन्दा १६ लाख ९८ हजार ८१८ रुपैयाँ बढी राजस्व संकलन गरेको छ । अझै आर्थिक वर्ष सकिन एक महिनाभन्दा बढी समय रहेको छ ।

राप्ती नगरपाकिाका आम्दानीका विभिन्न शीर्षक अनुसार आन्तरिक स्रोतबाट एक करोड चार लाख २७ हजार पाँच हजार ५९१ रुपैयाँ आम्दानी भएको हो । एकीकृत सम्पति करबाट ५३ लाख ७० हजार १०८, भूमिकर मालबाट ९५ हजार ३३५, घरवहाल करबाट तीन लाख पचास हजार ५१३ आम्दानी भएको छ । सरकारी सम्पतीको वहालबाट प्राप्त आय ६५ हजार ५९५ बाट आम्दानी उठेको छ । अन्य बिक्रीबाट प्राप्त रकम ७७ लाख ८७ हजार ८८२, अन्य प्रशासनिक सेवा शुल्कअन्र्तगत २६ लाख ५९ हजार २९२ रुपैयाँ आम्दानी भएको नगरपालिका कार्यालयले जनाएको छ ।

नक्सापास दस्तुरबाट २२ लाख ७८ हजार ४४७ आम्दानी राजस्व उठेको छ । सिफारिस दस्तुर ३४ लाख ४० हजार २४८ उठेको छ । व्यक्तिगत घटना दर्ता दस्तुरबाट एक लाख ४१ हजार ६१५ उठेको कार्यालयले बताएको छ । प्रशासनिक दण्ड, जरिवाना र जफत एक लाख ७५० र गत वर्षको नगद मौज्यौता अनुसार ३६ हजार ९९० रुपैयाँ आम्दानी उठेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>