खेलकुद

गोरखा ११ लाई एनआरएनए टी–१० क्रिकेटको उपाधि

Banner

लिस्बन, असोज २ –

पोर्चुगलमा सम्पन्न युरोपस्तरीय ‘एनआरएनए टी–१० क्रिकेट प्रतियोगिता–२०२६’को उपाधि गोरखा ११ क्रिकेट क्लब पोर्चुगलले जितेको छ ।

गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० पोर्चुगलको आयोजनामा सान्तारेमस्थित क्रिकेट मैदानमा बिहीबार भएको फाइनलमा गोरखा ११ ले जिजिरा युनाइटेड क्रिकेट क्लब माल्टालाई पराजित गर्दै उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको जिजिरा युनाइटेडले निर्धारित १० ओभरमा छ विकेट गुमाएर ९२ रन बनाएको थियो । ९३ रनको लक्ष्य पछ्याएको गोरखा ११ ले ८.३ ओभरमा लक्ष्य पूरा गरेको हो ।

उपाधिसँगै गोरखा ११ ले पाँच हजार ५५५ युरो नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता जिजिराले दुई हजार ५५५ युरो नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । एनएससीए जर्मनी तेस्रो भएको छ ।

जिजिरा माल्टाका मेहबुब अली प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा सोही टोलीका सुरज दरैमगर उत्कृष्ट ब्याट्सम्यान घोषित हुनुभयो । एनआरएनए जर्मनीका आशिष निरौला उत्कृष्ट बलर घोषित हुनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>