खेलकुद
व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी हर्कपुरलाई

ओखलढुङ्गा, कात्तिक १७ –
दशौँ व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी युवा समूह हर्कपुरले जितेको छ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्मटारस्थित दूधकोशी नदी किनारको ब्आलेम बगर खेलमैदानमा आयोजित गोल्डकपमा आज भएको फाइनल खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि सप्तरङ्गी युवा समूह फोकुललाई ट्राइब्रेकरमार्फत पेनाल्टी सुटआउटबाट ५–४ गोल अन्तरले पराजित गर्दै ज्वालामुखीले उपाधि चुमेको हो ।
‘खेलकुदको माध्यमबाट विकासको अभियान’ नाराका साथ राष्ट्रिय गीतका सर्जक प्रदीपकुमार राई ९व्याकुल माइला० को जन्मथलोमा नयाँ नेपाल सरोकार समाजले आयोजना गरेको प्रतियोगितामा विजेता ज्वालामुखी युवा समूहले रु तीन लाख ३३ हजार ३३३ र उपविजेता बनेको सप्तरङ्गी युवा समूहले रु एक लाख ५० हजार १११ पुरस्कार प्राप्त गरेको छ । यस्तै प्रतियोगिताको ा सेमिफाइनमा पुगेका दूधकौशिका आधारभूत विद्यालय र मानेभञ्ज्याङ युवा समूहलाई रु ८० हजारका दरले पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरी सोही प्रतियोगितासँगै समावेशी खेलका रुपमा आजै सम्पन्न तेस्रो रूपा स्मृति महिला फुटबलको उपाधि ओखलढुङ्गाले जितेको छ । ओखलढुङ्गा र खोटाङबीच भएको फाइनल प्रतिस्पर्धामा गोल हुन नसकेपछि ट्राइब्रेकरमार्फत पेनाल्टी ३–१ गोल अन्तरले ओखलढुङ्गा विजयी बनेको हो ।
महिलातर्फको विजेता ओखलढुङ्गाले रु २५ हजार र उपविजेता खोटाङले रु १५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । यही कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगिताका बिजेतालाई नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडा, राष्ट्रिय गाीतका सर्जक व्याकुल माइलालगायतले पुरस्कार वितरण गरेका थिए । विक्रम संवत् २०६८ सालदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिताका लागि स्थानीय मानेभञ्ज्याङ गाउँपालिकाले रु १० लाख बजेट विनियोजन गरेको थियो । बाढीका कारण क्षतिग्रस्त बनेको खेलमैदान मर्मतसम्भार गरी व्यवस्थित बनाएपछि यस वर्ष खेल सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
























