खेलकुद

खेलका क्रममा गोलकिपरसँग ठोक्किएर स्पेनिस फुटबलर डे मिगेलको निधन

०
Banner

काठमाडौं, कात्तिक १७ –

स्पेनिस फुटबल क्लब टेनेरिफका ३० वर्षीय फरवार्ड जिसस डे मिगेलको विपक्षी टोलीका गोलकिपरसँग ठोक्किएपछि निधन भएको छ।

सोमबार टेनेरिफ र एन्डोराबीचको दोस्रो डिभिजनको खेल २–२ को बराबरीमा रहेका बेला निर्धारित समयपछि थपिएको सातौँ मिनेटमा बल नियन्त्रण गर्ने क्रममा डे मिगेल एन्डोराका गोलकिपर जिसस ओवोनोसँग ठोक्किएका थिए। ठक्करका क्रममा ओवोनोको घुँडा उनको छातीमा लागेको थियो।

घटनापछि मैदानमै ढलेका डे मिगेलको उपचारका लागि मेडिकल टोली बोलाइएको थियो। रेफ्रीले गोलकिपर ओवोनोलाई रातो कार्ड देखाएका थिए भने खेलसमेत स्थगित गरिएको थियो।

स्पेनिस सञ्चारमाध्यमका अनुसार अस्पताल लैजाने क्रममा एम्बुलेन्समै डे मिगेललाई हृदयाघात भएको थियो। उनलाई सान्ता क्रुजस्थित नुएस्ट्रा सेनोरा डे क्यान्डेलेरिया विश्वविद्यालय अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिए पनि बचाउन सकिएन।

उनको निधनपछि टेनेरिफ क्लबले मंगलबार शोक वक्तव्य जारी गर्दै परिवार, आफन्त र समर्थकप्रति समवेदना व्यक्त गरेको छ।

सन् २०१५ मा लेगानेस बीबाट व्यावसायिक फुटबल सुरु गरेका डे मिगेलले स्पेनका आठ क्लबबाट खेलेका थिए। सन् २०२३–२४ को सिजनमा १६ गोल गर्दै आफ्नो टोलीलाई दोस्रो डिभिजनमा बढुवा गराउन महत्त्वपूर्ण भूमिका खेलेका उनी सन् २०२५ मा तीन वर्षको सम्झौतासहित टेनेरिफमा आबद्ध भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>