देश/प्रदेश

सुधारपछि पुनः सञ्चालनमा आयो सार्वजनिक खरिदको ई–जीपी प्रणाली

०
Banner

काठमाडौं, कात्तिक १७ –

सरकारले सार्वजनिक खरिदको विद्युतीय प्रणाली (ई–जीपी) सुधार गरी आजदेखि पुनः सञ्चालनमा ल्याएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रणाली पुनः सञ्चालनमा ल्याएको हो।

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले जोखिम देखाउँदै गत भदौ ११ गतेदेखि ई–जीपी प्रणाली बन्द गरेको थियो।

कानुनी व्यवस्थाअनुसार सबै सार्वजनिक निकायले निर्माण कार्य तथा मालसामान खरिदका राष्ट्रिय र अन्तर्राष्ट्रिय बोलपत्र यही प्रणालीमार्फत प्रकाशन गर्नुपर्ने व्यवस्था छ।

नयाँ व्यवस्थाअनुसार बोलपत्रदाता तथा आपूर्तिकर्ताले अनलाइन वा हार्डकपीमार्फत प्रस्ताव पेस गर्न सक्नेछन्। तर बोलपत्र खोल्ने र मूल्याङ्कन गर्ने काम भने अनिवार्य रूपमा विद्युतीय प्रणालीबाटै गर्नुपर्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>