समाचार

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

Banner

काठमाडौ,भदौं ३१-

देशभर आज सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको छ ।

दिउँसो कोशी र बागमती प्रदेशका हिमाली भू–भागका केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा पनि मेघगर्जनरचट्याङ्सहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली, पहाडी र तराई भू–भागका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ ।

राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ । यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थान र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>