समाचार
गोली प्रहारबाट एक जना गम्भीर घाइते
०

रौतहट कात्तिक १८-
गौर नगरपालिका ४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहारबाट एक जना घाइते भएका छन् ।
गएराती सवा ९ बजे बजे सोही स्थान बस्ने अन्दाजी २८ वर्षीय राकेश यादवलाई पेस्तोलको गोलीका छर्रा लाग्दा दाहिने खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको हो । उनलाई प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ । उनको अवस्था गम्भीर रहेको छ ।
घाइते यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी ६ वटा गोलीका छर्रा लागेको छ । घटनास्थलमा ७।६२ एमएम पेस्तोलको तीन वटा खाली खोका फेला परेका छन् ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























