घटना -दुर्घटना

भरतपुर कार आगलागी घटनाबारे बोल्यो सीजी, भन्छ–अनुसन्धानमा पूर्ण सहयोग गर्नेछौँ

Banner

भरतपुर, भदाै ३०-

भरतपुरमा ‘आयोन वाइ’ विद्युतीय कारमा भएको आगलागीको घटना र यससम्बन्धी विभिन्न माध्यममा आएका प्रतिक्रियाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको सीजी मोटर्स प्रालिले जनाएको छ। कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनामा निधन भएका अमर पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

घटनाबारे नेपाल प्रहरी र सरकारका सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको तथा गाडीको निर्माता कम्पनीले पनि परीक्षण गरी अनुसन्धान रिपोर्ट सार्वजनिक गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ। विश्वव्यापी प्रोटोकल अनुसार हुने निष्पक्ष, प्राविधिक तथा वैज्ञानिक अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि सीजी मोटर्सले जनाएको छ।

तर, आधिकारिक निकायबाट अनुसन्धानको निष्कर्ष नआउँदै केही सामाजिक सञ्जाल र मिडियामा अपुष्ट सूचना, अनुमान वा एकपक्षीय दाबीका आधारमा घटनालाई अतिरञ्जित गर्ने, नियतबस दोषी करार गर्ने र समाजमा उत्तेजना फैलाउने कोसिस भइरहेको कम्पनीले अनुभव गरेको छ। आधिकारिक निष्कर्ष नआउन्जेल धैर्यपूर्वक प्रतीक्षा गर्न र अनुसन्धानलाई सहयोग पुर्‍याउन सीजी मोटर्सले सबैमा हार्दिक अनुरोध गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>