देश/प्रदेश

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

Banner

काठमाडौँ ,भदौ ३० –

काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा आज बिहानदेखि विशेषगरी महिला भक्तजनको घुइँचो लागेको छ ।
ऋषि पञ्चमीका दिन उक्त मन्दिरमा महिलाजन ठूलो सङ्ख्यामा पूजाअर्चनाका लागि त्यहाँ पुग्ने भएकाले घुइँचो लागेको हो ।

प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन त्यहाँ मेला लाग्ने भएकाले आवश्यक सुरक्षाका लागि नेपाल प्रहरी र काठमाडाँै महानगरपालिकाबाट सुरक्षाकर्मी खटाइएको छ ।
मेलालाई दृष्टिगत गरी स्थानीय वडाले मन्दिर तथा आसपास क्षेत्रका सम्पदास्थलसमेत सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापन गरेको छ ।
पञ्चमीको पूजा गर्न आउने भक्तजनको सहजता र सुविधाका लागि वडाले विभिन्न ५० वटा धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधिसँग समन्वय गरेको जनाइएको छ ।

नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट, महानगरपालिकाको स्वास्थ्य विभागसँग समन्वय गरी स्वास्थ्य जाँचका लागि शिविर सञ्चालन गरिएको छ ।
पूजाअर्चना र दर्शका लागि आउने भक्तजनलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या भएको खण्डमा तत्काल उपचारका लागि निःशुल्क स्वास्थ्य सेवासहित एम्बुलेन्सको व्यवस्था गरिएकोे वडाध्यक्ष बालकृष्ण महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार दर्शनका लागि बिहान सबेरै देखिनै मन्दिर खुला गरिएको तथा मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मीका अतिरिक्त स्वयंसेवकसहित खटाइएको छ ।
मेलामा हुने भिडभाडका कारण सडक यातायात व्यवस्थापनका लागि टेकु, कुलेश्वर र सानेपा क्षेत्रमा विशेष व्यवस्था गरी वैकल्पिक मार्ग प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>