चितवन विशेष

चितवनमा अनियमित विद्युत् कटौती अन्त्य गर्न अखिल (क्रान्तिकारी) को ध्यानाकर्षण

Banner

चितवन, साउन २५-
चितवनमा पटक–पटक हुने अघोषित विद्युत् कटौती, लो–भोल्टेज तथा अनियमित विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न माग गर्दै अखिल (क्रान्तिकारी) जिल्ला समिति, चितवनले नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ।

देशको मध्यभागमा रहेको चितवनमा विद्युत् सेवा अनियमित हुँदा विद्यार्थीको अध्ययन, उद्योग–व्यवसाय, स्वास्थ्य सेवा तथा आम नागरिकको दैनिक जनजीवन प्रभावित भइरहेको भन्दै संगठनले नियमित र गुणस्तरीय विद्युत् आपूर्तिको माग गरेको हो। विशेषगरी ग्यासको अभावका कारण आम नागरिक खाना पकाउन विद्युत्मा निर्भर हुनुपर्ने अवस्था रहेकाले बिहान र बेलुकाको खाना पकाउने समयमा विद्युत् कटौती नगर्न संगठनले प्राधिकरणको ध्यानाकर्षण गराएको छ।

ध्यानाकर्षण पत्रमार्फत अघोषित विद्युत् कटौती अन्त्य गर्न, विद्युत् मर्मत तथा प्राविधिक कामका क्रममा पूर्वसूचना दिन, लो–भोल्टेज समस्या समाधान गर्न, पुराना विद्युत् संरचना तथा ट्रान्सफर्मरको मर्मत र स्तरोन्नति गर्न तथा विद्युत् माग बढ्ने समयमा नियमित आपूर्ति सुनिश्चित गर्न माग गरिएको छ। त्यस्तै, विद्यार्थीको अध्ययन तथा परीक्षामा असर नपर्ने गरी विद्युत् आपूर्ति सुनिश्चित गर्न र विद्युत् सेवा अवरुद्ध हुँदा नागरिकलाई तत्काल जानकारी उपलब्ध गराउने प्रभावकारी सूचना तथा गुनासो सुनुवाइ प्रणाली सञ्चालन गर्न पनि माग गरिएको छ।

संगठनले मागहरू तत्काल सम्बोधन नभए जनताको पक्षमा थप दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत दिएको छ। अखिल (क्रान्तिकारी) जिल्ला समिति, चितवनका अध्यक्ष सुशील कार्की ‘अब्दुल’ ले जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विद्युत् सेवामा भइरहेको अनियमितता तत्काल अन्त्य गरी नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरणसँग माग गरेका छन्।

“ग्यासको अभावका कारण आम नागरिक खाना पकाउन विद्युत्मा निर्भर हुनुपर्ने अवस्थामा बिहान र बेलुकाको खाना पकाउने समयमा विद्युत् आपूर्ति बन्द नगरियोस्,” अध्यक्ष कार्कीले जोड दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>