चितवन विशेष

गैंडाकोट इङलिस स्कुलद्धारा आफ्नै नयाँ गीत तयार

Banner

गैंडाकोट, साउन २५-
गैंडाकोट–२, नवलपुरस्थित गैंडाकोट इङलिस स्कुललाई केन्द्रमा राखेर नयाँ गीत ‘हाम्रो गैंडाकोट इङलिस स्कुल’ तयार गरिएको छ। विद्यालयको शैक्षिक वातावरण, गतिविधि, संस्कार र पहिचानलाई गीत तथा दृश्यका माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यले गीत निर्माण गरिएको हो।

गीतमा नेपाली संगीत क्षेत्रका चर्चित गायक रामचन्द्र काफ्ले र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ। गीतलाई अर्जुन पोखरेलले संगीत दिएका छन् भने लक्ष्मण भण्डारीले शब्द लेखेका छन्।

विद्यालयको भावनालाई गीतमार्फत प्रस्तुत गरिएको यस सिर्जनाको निर्देशन सुमित लामाले गरेका छन्। गीतको क्यामरा तथा छायांकन संजय कुमालले गरेका हुन्। गीतको दृश्य छायांकन गैंडाकोट–२, नवलपुरस्थित गैंडाकोट इङलिस स्कुल परिसरमै गरिएको छ।

विद्यालय परिसरमा गरिएको छायांकनमार्फत विद्यार्थीको शैक्षिक गतिविधि, विद्यालयको वातावरण तथा संस्थाको पहिचानलाई जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।

विद्यालयका प्रिन्सिपल हिरालाल अर्यालको नेतृत्वमा विद्यालयको समग्र पहिचानलाई सांगीतिक माध्यमबाट दर्शकमाझ पुर्‍याउने उद्देश्यसहित गीत तयार पारिएको हो।

रामचन्द्र काफ्ले र समीक्षा अधिकारीको स्वर, अर्जुन पोखरेलको संगीत तथा लक्ष्मण भण्डारीको शब्द रहेको गीतले गैंडाकोट इङलिस स्कुलको शैक्षिक पहिचानलाई थप प्रभावकारी रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

विद्यालयको परिचय र गतिविधिलाई गीतमार्फत प्रस्तुत गर्ने यो प्रयासले विद्यार्थी, अभिभावक तथा विद्यालयसँग जोडिएका समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>