चितवन विशेष

टिभिएस मोटर कम्पनीले भरतपुरमा ‘टिभिएस अर्बिटर’ नयाँ विद्युतीय स्कुटर सार्वजनिक ग¥यो

Banner

चितवन, साउन २२–

नेपालको लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले भरतपुरमा नयाँ विद्युतीय स्कुटर ‘टिभिएस अर्बिटर’ सार्वजनिक गरेको छ । सहरी यात्रालाई सहज, स्मार्ट र दिगो बनाउने उद्देश्यका साथ ल्याइएको स्कुटरमा १५८ किलोमिटर (आईडीसी) रेन्ज, ३४ लिटरको अन्डर–सिट बुट स्पेस, क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट तथा अत्याधुनिक कनेक्टेड फिचर समावेश गरिएको कम्पनीले जनाएको छ ।

शुक्रबार भरतपुरमा आयोजित कार्यक्रममा स्कुटर सार्वजनिक गर्दै कम्पनीले ‘टिभिएस अर्बिटर’ ले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरेको छ । ३ दशमलव १ किलोवाट–घण्टा क्षमताको ब्याट्री जडान गरिएको यस स्कुटरमा उद्योगमै पहिलो पटक १४ इन्चको अगाडिको पाङ्ग्रा प्रयोग गरिएको कम्पनीको दाबी छ । यसले स्थिरता, नियन्त्रण र आरामदायी यात्रामा थप सहयोग पुग्ने बताइएको छ ।

चितवनका लागि जगदम्बा मोटर्सका आधिकारिक विक्रेता मलाश्री मोटर्सका प्रबन्ध निर्देशक भीमसेन श्रेष्ठले टिभिएस आईक्युबको सफलतापछि टिभिएस अर्बिटरले पनि नेपाली विद्युतीय दुईपाङ्ग्रे बजारमा कम्पनीको उपस्थितिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । देशभर फैलिएको बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई सहज खरिद तथा बिक्रीपछिको सेवा उपलब्ध गराइने उनले बताए ।

जगदम्बा मोटर्सका नेसनल सेल्स हेड सुशान्त आचार्यले नेपाली बजार तथा सडक अवस्थालाई ध्यानमा राखेर टिभिएस अर्बिटरको विकास र परीक्षण गरिएको बताए । आधुनिक डिजाइन, उन्नत प्रविधि, दैनिक प्रयोगका लागि आवश्यक सुविधा र भरपर्दो कार्यसम्पादनलाई प्राथमिकतामा राखेर यो स्कुटर तयार गरिएको उनको भनाइ थियो ।

कम्पनीका अनुसार स्कुटरमा मोबाइल एपमार्फत ब्याट्रीको अवस्था र ओडोमिटर जाँच गर्न सकिने, टर्न–बाइ–टर्न नेभिगेसन, एलसीडी डिजिटल क्लस्टरमा कल तथा एसएमएस सूचना, जियो–फेन्सिङ, चोरी तथा दुर्घटना अलर्ट, पार्किङ असिस्ट, क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, रिजेनेरेटिभ ब्रेकिङसहित इको र पावर मोड तथा ओटीए अपडेटजस्ता स्मार्ट सुविधा रहेका छन् ।

स्कुटरमा ८४५ मिलिमिटर लामो फ्ल्याट सिट, २९० मिलिमिटरको स्ट्रेट–लाइन फुटबोर्ड, दुईवटा हेल्मेट अट्ने ३४ लिटरको अन्डर–सिट स्टोरेज, १६९ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, एलईडी हेडलाइट, यूएसबी चार्जिङ पोर्ट तथा मजबुत बडी संरचना रहेको कम्पनीले जनाएको छ ।

टिभिएस अर्बिटर निओन सनबस्र्ट, कोस्मिक टाइटानियम र मार्सियन कपर गरी तीन रङमा उपलब्ध हुनेछ । यसको परिचयात्मक मूल्य दुई लाख ८१ हजार ९०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>