चितवन विशेष
चितुवा नियन्त्रणका लागि पश्चिम चितवनमा दुई स्थानमा खोर
०

चितवन, साउन १९-
पश्चिम चितवनका बस्तीमा छिरेको चितुवालाई नियन्त्रणमा लिन दुई स्थानमा खोर राखिएको छ ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलले चितुवाले मानव बस्तीमा छिरेर आतङ्क सिर्जना गर्न थालेपछि भरतपुर महानगरपालिका–१५ गोपालचोकमा रहेको अविनाश पोल्ट्री फर्ममा र त्यसको एक किलोमिटर पर अर्का खोर राखिएको जानकारी दिनुभयो ।
खोरमा हालसम्म चितुवा परेको छैन । चितुवालाई आकर्षण गर्न खोरमा कुकुर राखिएको छ । यसअघि सोही क्षेत्रबाट चितुवाको बच्चालाई नियन्त्रणमा लिइएको थियो ।
यसअघि नियन्त्रणमा लिइएको चितुवाको बच्चालाई सौराहा पुर्याइ खोरमा राखिएको छ । यस क्षेत्रमा एउटा माउ र बच्चा अझै रहेको बताइन्छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























