चितवन विशेष

खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान

Banner

चितवन, साउन१४-

खैरहनी नगरपालिका १० र ११ का अति विपन्न र विपन्न परिवारलाई निःशुल्क धारा जडान तथा वितरण गरिएको छ । खैरहनी नगरपालिका र भरोसा फाउन्डेशनको सहयोगमा कठार खानेपानी उपभोक्त तथा सरसफाइ सस्थाले अति विपन्न मुसहर र बोटे समुदायमा ८६ घरधुरीलाई निःशुल्क धारा जडान गरिदिएको हो ।

आज औपचारिक रुपमा धाराको हस्तान्तरण गर्दै प्रंमुख अतिथि तथा भरोसा फाउण्डेशनका निर्देशक काम पाइतेले अति विपन्न मुुसहर वस्तिमा धारा जडान गरिदिन पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले स्वच्छ खानेपानीले मानिसको स्वास्थ्य समेत स्वच्छ लाग्ने भएकाले आगामी दिनमा पनि फाउण्डेशनले खानेपानीमा काम गरिरहने बताउनुभयो । ‘यहाँ काम देखेर हृदय छोएको छ । आउने दिनमा के गर्न सकिन्छ,‘ उहाँले भन्नुभयो ‘तपाईहरुसँग सल्लाह गरेर काम गर्छौँ।’

खैरहनी नगरपालिका र भरोसा फाउन्डेशनको सहयोगमा खैरहनी नगरपालिका १० स्थित मुसहर टोलमा ४५ र खैरहनी नगरपालिका ११ स्थित बोटेटोलमा ४१ वटा धारा जडान गरिएको हो । यहाँ २७१ घरधुरीले धारा जडानका लागि निवेदन दिएका थिए । निवेदन आएका मध्येपनि यसपटक अति विपन्न परिवारको घरमा धारा जडान गरिएको कठार खानेपानी उपभोक्त तथा सरसफाइ सस्थाका अध्यक्ष जोखा चौधरीले जानकारी दिनुभयो ।

यसअघि ४५ घरधुरी रहेको मुसहर बस्तीमा खानेपानी तथा सरसफाइका लागि ३ वटा मात्र चापाकल थिए । जसका कारण खानेपानी भर्न नै एक घण्टासम्म लाइनमा बस्न परेको उनीहरुले बताएका छन् । अहिले घरघरमा धारा जडान भएपछि खुसी लागेको सविना माझिले जानकारी दिनुभयो ।

यहाँ मदिरापानमा संलग्न भए र ३ हजार लिटर भन्दा बढी पानी खतप गरेरमा पैसा तिर्ने सर्त समेत राखिएको सल्लाहाकार कृष्णप्रसाद अर्यालले जानकारी दिनुभयो । पानी भएपनि सरसफाई समेत बढ्ने र मानिसहरुको व्यवहारमा पनि परिवर्तन आउने विश्वास गरिएको छ । भरोसा फाउण्डेसनको ३ लाख रुपैयाँ आर्थिक सहयोगमा खानेपानीको धारा जडान गरिएको हो ।

खानेपानीको धारा हस्तान्तरण कार्यक्रममा भरोसा फाउण्डेसनका अध्यक्ष दिपक बोहोरा, सल्लाहारका चिन पाइते, नरहरि सापकोटा लगायतले मनतव्य राख्नुभएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>