चितवन विशेष
मुग्लिन नारायणगढ खण्डको खहरे खोलामा फेरी पहिरो खस्यो
०

चितवन, साउन १२-
मुग्लिन नारायणगढ सडक खण्डको खहरे खोला मुग्लिन बजार नजिकै फेरी पहिरो खसेको छ । आज बिहान ७ः३० बजे सुख्खा पहिरो जाँदा अवरुद्ध बनेको सडक करिब ५ घण्टापछि संचालनमा आएको थियो । करिब डेढ घण्टा नबित्दै पुनः उक्त ठाउँमा सुख्खा पहिरो जाँदा करिब १ घण्टापछि आवागमन पुनः संचालनमा आएको थियो । अहिले साँझ ६ बजेतिर पुनः तेस्रोपटक पहिरो झर्दा आवागमन अवरुद्ध बनेको सडक डिभिजन कार्यालय चितवनले जानकारी दिएको छ ।
सम्बन्धित स्थानमा ईन्जिनियर सहितको टोलि खटिई सडक आवागमन छिटोभन्दा छिटो खुलाउने प्रयास भइरहेको इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए । उनका अनुसार पहिरो हटाउन लगभग १/२ घण्टा लाग्ने अनुमान गरिएको छ । यस क्षेत्रमा पहिरोको जोखिम कायमै रहेकाले सुरक्षाको दृष्टिकोणले सकभर रातको समयमा यात्रा नगर्न समेत आह्वान गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























