चितवन विशेष

संयुक्त विद्यार्थी संगठनद्वारा देवघाटमा प्राथमिक उपचार केन्द्र तथा हेल्प डेस्क सञ्चालन

Banner

चितवन, साउन ११ –

पवित्र श्रावण महिनाको अवसरमा देवघाटधाममा दर्शन तथा स्नानका लागि आउने श्रद्धालुहरूको स्वास्थ्य सुरक्षा र सहज सेवालाई मध्यनजर गर्दै संयुक्त विद्यार्थी संगठन, चितवनले प्राथमिक उपचार केन्द्र तथा हेल्प डेस्क सञ्चालन गरेको छ।

उक्त केन्द्रमार्फत स्वास्थ्यसम्बन्धी आकस्मिक समस्या, सामान्य उपचार तथा आवश्यक जानकारीको सेवा श्रद्धालुहरूलाई निःशुल्क रूपमा उपलब्ध गराइने आयोजकले जनाएको छ।

कार्यक्रममा मनकामना हस्पिटलले स्वास्थ्य सेवामा सहयोग गरिरहेको छ भने जिल्ला प्रहरी कार्यालय, चितवन र देवघाट टोल विकास संस्थाले आवश्यक समन्वय तथा सहकार्य गरिरहेका छन्।

श्रावण महिनाको सोमबार सञ्चालन हुने यस सेवामूलक अभियानमार्फत देवघाट आउने श्रद्धालुहरूको यात्रा सुरक्षित, सहज र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास आयोजक संयुक्त विद्यार्थी संगठन, चितवनले व्यक्त गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>