चितवन विशेष

आज “द एभरेष्ट टक शो”को छैटौँ शृङ्खला प्रसारण हुँदै

Banner

चितवन, साउन ९-

एभरेष्ट प्रिस्कुल, भरतपुर–१२, थानीचोक, चितवनको प्रस्तुति तथा फोटो फ्याक्ट्रीको निर्माणमा तयार गरिएको लोकप्रिय कार्यक्रम “द एभरेष्ट टक शो”को छैटौँ शृङ्खला आज श्रावण ९ गते शनिबार प्रसारण हुँदैछ।

यस शृङ्खलामा भरतपुर–११, विशालचोक निवासी समाजसेवी एवं सामाजिक अभियन्ता सीता ज्ञवाली अतिथिका रूपमा सहभागी हुनुहुनेछ। कार्यक्रममा उहाँको बाल्यकाल, तत्कालीन समयको प्रारम्भिक बालशिक्षा तथा विद्यालय शिक्षाको अवस्था, सामाजिक योगदान र समग्र शिक्षा प्रणालीका विषयमा विशेष कुराकानी हुनेछ।

कार्यक्रमको निर्देशन गणेश रानाले गर्नुभएको हो भने लोकप्रिय रेडियो प्रस्तोता महिमा पाण्डे भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको छ।
कार्यक्रमको भिडियो ब्रोडकास्टिङ पार्टनर नारायणी अनलाइन, अडियो ब्रोडकास्टिङ पार्टनर कालिका एफएम ९५.२ मेगाहर्ज र प्रिन्ट मिडिया पार्टनर चितवन पोष्ट दैनिक रहेका छन्।
“द एभरेष्ट टक शो” हरेक शनिबार साँझ ७:०० बजे नारायणी अनलाइन, राति ८:०० बजे कालिका टिभी एचडी र राति ९:०० बजे कालिका एफएम ९५.२ मेगाहर्जबाट प्रसारण हुँदै आएको छ। कार्यक्रमको पुनःप्रसारण प्रत्येक बुधबारसमेत हुने गर्दछ।
शिक्षा, बाल्यकाल, विद्यालय जीवन, सामाजिक योगदान तथा प्रेरणादायी अनुभवलाई केन्द्रमा राखेर तयार गरिएको यस कार्यक्रमले अनुभवी व्यक्तित्वहरूको ज्ञान र जीवनयात्रालाई नयाँ पुस्तासम्म पुर्‍याउँदै समाजमा सकारात्मक शैक्षिक बहस सिर्जना गर्ने उद्देश्य राखेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>