चितवन विशेष

दुवै मिर्गौला फेलभएकी रञ्जनाको उपचारको लागि सहयोग गर्न परिवारको अपिल

०
Banner

पवन पण्डित
चितवन, साउन ९–

दुवै मिर्गौलाले काम गर्न छाडेपछि भरतपुर अस्पतालमा उपचार गराउनुभएकी रञ्जना किसानीको उपचारका लागि परिवारले सहयोगका लागि अपिल गरेको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ मा स्थायी बसोबास गर्दै आउनुभएकी ४१ वर्षिया रञ्जनाको जीवनरक्षाका लागि परिवारले आर्थिक सहयोगका लागि याचना गरेको हो ।

हाल भरतपुर महानगरपालिका–११मा अस्थायी बसोबास गर्दै आउनुभएकी उहाँ अपाङ्गता भएका श्रीमान बृद्धिमान विश्वकर्मासँग बस्दै आउनुभएको छ । अपाङ्गता भएपनि अटो चलाएर अहिलेसम्म गुजरेका उनीहरुलाई उपचार खर्च बढ्दै जाँदा झन् समस्या भएको हो । अहिले रकम अभावमा नियमित गर्नुपर्ने उपचार समेत गर्न नसकिएको उहाँका श्रीमान बृद्धिमानले जानकारी बताउनुभयो । ‘हप्तामा दुई दिन डायलासिस गर्नुपर्ने हो । डायलासिस गर्दा चेकजाँच गर्नुपर्ने रकम समेत तिर्न नसकेपछि हप्तामा एक दिन डायलासिस गर्न थालेका छौँ’–उहाँले भन्नुभयो ।

अहिलेसम्म साथीभाई, आफन्तसँग सरसापटी गरेर उपचार गरिरहेको बताउँदै उहाँले आगामी दिनमा उपचार खर्च जुटाउन कठिन हुने बताउनुभयो । चिकित्सकले मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएपनि पैसा नहुँदा रोकिएको उहाँले बताउनुभयो । ‘डाक्टरले मिर्गौला प्रत्यारोपण गर्नुपर्छ भन्नुभएको छ । तर हामीले औषधी र नियमित परिक्षण गर्न सकिरहेका छैनौँ’ उहाँले भन्नुभयो ‘अहिले हामीलाई दिनभरी छाक टार्न कठिन भइरहेको छ।’

२०७२ सालमा गाउँमा लडेर बृद्धिमान देब्रे खुट्टा काट्नुपरेको थियो । फेरी तीन वर्षदेखि श्रीमतीको दुवै मिर्गौला फेल भएपछि उहाँलाई अर्को समस्या थपिएको हो । उनीहरुका दुई छोराले भरतपुरमा पढ्दै छन् । उहाँको परिवारको आर्थिक अवस्था थप नाजुक बनेको छ । शुभेच्छुकले सिद्धार्थ बैंकमा बृद्धिमान विश्वकर्माको नाममा रहेको ५५५०६७२५००९खाता नम्बरमा सहयोग रकम जम्मा गरिदिन बिरामीको परिवारले आग्रह गरेको छ । साथै उहाँलाई आवश्यक सहयोगका लागि ९८०४२७११५० मा फोन गरेर सम्पर्क गर्न सक्नुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>