चितवन विशेष

नेपाली कांग्रेस चितवनद्धारा मानव सहायता कल्याण कोष स्थापना

Banner

चितवन, साउन ८-
नेपाली कांग्रेस चितवनले मानव सहायता कल्याण कोषको स्थापना गरेको छ । ४४औँ वीपी स्मृति दिवसको अवसर पारेर विपन्न, बिरामी तथा अपाङ्गता भएका पार्टी सदस्यहरूको सहयोगका लागि कोष स्थापना गरिएको हो ।

नेपाली कांग्रेस केन्द्रीय समितिले अघि सारेको मानव सहायता कल्याण कोषको अवधारणाअनुसार जिल्ला कार्यसमिति चितवनले १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको जिल्ला सचिव धुर्व पोखरेलले जानकारी दिनुभयो । सो कोषबाट विपत्तिमा परेका, आर्थिक रूपमा कमजोर, बिरामी तथा अपाङ्गता भएका पार्टी सदस्यलाई निर्धारित मापदण्डअनुसार आर्थिक सहयोग उपलब्ध गराइने जिल्ला सभापति राजेश्वर खनालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तत्कालीन सभापति टेकप्रसाद गुरुङको नेतृत्वमा रहेको जिल्ला कार्यसमितिले २०७१ माघ २ गते अक्षयकोष बनाउने घोषणा गरेको थियो । त्यतिखेर ४ लाख ३७ हजार रुपैयाँ कार्यकर्ता राहत अक्षयकोषमा जम्मा भएको थियो । अहिले क्रियाशील सदस्यबाट प्राप्त लेबी रकमबाट उठेको ५ लाख ६३ हजार रुपैयाँ थप थप गरि सो कोषमा १० लाख रुपैयाँ पुराएको खनालले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

नेपाली कांग्रेस चितवनले उक्त मानव सहायता कल्याण कोषमा सहयोग गर्न इच्छुक पार्टी सदस्य तथा शुभेच्छुक महानुभावलाई आर्थिक सहयोगका लागि आह्वान समेत गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>