Uncategorized
रोटरी क्लब अफ नारायणगढको अध्यक्षको जिम्मेवारी रामप्रसाद गजुरेलले समाले

चितवन, साउन ०७-
रोटरी क्लब अफ नारायणगढको २४औँ पदस्थापन समारोह, १२३१औँ नियमित बैठक तथा स्पाउस क्लब अफ आरसी नारायणगढको आठौँ पदस्थापन समारोह सम्पन्न भएको छ।
समारोहमा रोटरी वर्ष २०२६/२७ का लागि रामप्रसाद गजुरेलले अध्यक्षको जिम्मेवारी ग्रहण गर्नुभएको छ । पन्तको नेतृत्वबाट गजुरेलको नेतृत्वमा नयाँ कार्यसमितिले बुधबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरि औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको हो।
नवनिर्वाचित अध्यक्ष गजुरेललाई प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर इलेक्ट रोटेरियन प्रोफेसर डा आईपी ढकालले क्लबको चार्टर सर्टिफिकेट, प्रेसिडेन्ट कलर र गाभेल हस्तान्तरण गरी पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । अध्यक्ष गुरेलको नेतृत्वमा १५ सदस्य रहेका छन् । कार्यसमितिमा निर्वतमान अध्यक्ष सेजन पन्त, रोटरी वर्ष २०२६/२७ का लागि निर्वाचित अध्यक्ष अजिता पिया, मानेनित अध्यक्ष विकास सापकोटा, उपाध्यक्ष सङ्गीता गुरुङ, विज्ञानलाल श्रेष्ठ सचिव, रोहितकुमार श्रेष्ठ कोषाध्यक्ष तथा देवमाया श्रेष्ठ सहसचिव चयन हुनुभएको छ । त्यसैगरी निर्देशकहरुमा अरुण पिया, अरुणकुमार खनाल, सुशान प्रधान, रमेश श्रेष्ठ र सञ्जय श्रेष्ठ तथा सल्लाहाकार सदस्यमा रमेश पौडेल र राजेन्द्र पौडेल चयन हुनभएको छ ।
समारोहमा पुर्व डिस्ट्रिक्ट गभर्नर रोटेरियन रविन्द्रकुमार पिया, असिस्टेन्ट गभर्नर भरत पोखरेल, असिस्टेन्ट गभर्नर सुमनकुमार श्रेष्ठ, क्लबका चार्टर प्रेसिडेन्ट निरञ्जन प्रधान तथा पूर्वअध्यक्ष सेजन पन्तलगायतको उपस्थिति रहेको थियो । निवर्तमान अध्यक्ष सेजन पन्तले आफ्नो कार्यकालमा सम्पन्न भएका गतिविधिबारे जानकारी दिँदै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
समारोहका प्रमुख अतिथि डा. ढकालले बिरुवामा जल अर्पण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा स्पाउस क्लब अफ आरसी नारायणगढको नयाँ नेतृत्वले पनि पदभार ग्रहण गरेको थियो। सपाउष क्लब अफ नारायणगढकी अध्यक्ष सुरक्षा श्रेष्ठले पनि पदभारग्रहण गर्नुभएको छ ।
यस अवसरमा रोटरी वर्ष २०२५/२६ मा उत्कृष्ट योगदान पुर्याउने सदस्यहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो। ‘सर्भिस अबभ सेल्फ अवार्ड’ सङ्गीता गुरुङ, ‘हाइएस्ट अटेन्डेन्स अवार्ड’ अजिता पिया, ‘आउटस्ट्यान्डिङ कन्ट्रिब्युसन अवार्ड’ रामप्रसाद गजुरेल, ‘एक्सेप्सनल पर्फर्मेन्स अवार्ड’ दीपेन्द्र श्रेष्ठ तथा ‘डिस्टिङ्ग्विस्ड लङ टर्म सर्भिस अवार्ड’ चार्टर प्रेसिडेन्ट निरञ्जन प्रधानलाई प्रदान गरिएको थियो।
त्यस्तै उत्कृष्ट समिति संयोजक, रुकी रोटेरियन, वित्तीय सुशासन, सचिवीय सेवा, सामुदायिक सेवा, मेन्टरशिप तथा सदस्यता विस्तारलगायतका विभिन्न विधामा पनि सदस्यहरूलाई सम्मान गरिएको थियो। साथै, मायाको चिनो समेत प्रदान गरिएको सचिव विज्ञान लाल प्रधानले जानकारी दिनुभयो । समारोहमा क्लबका वार्षिक गतिविधि, लेख–रचना तथा शुभकामना सन्देश समेटिएको वार्षिक स्मारिका ‘पिनाकल–२०२६र२७’ को पनि प्रमुख अतिथिबाट विमोचन गरिएको थियो।


























