खैरहनी
चितवनमा खोलामा डुबेका एकजनाको मृत्यु
०

चितवन,साउन २-
खोलामा डुबेर शनिबार चितवनमा एकजनाको मृत्यु भएको छ । बुढी राप्ती खोलामा डुबेका खैरहनी नगरपालिका ८ का ४० वर्षीय राजाराम ढकालको उपचारको क्रममा मृत्यु भएको हो ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभूषण यादवका अनुसार घोँगी टिप्न गएका व्यक्ति डुबेको भन्ने जानकारी प्राप्त भएपछि उद्धारका लागि दिउँसो साढे २ बजे खैरहनी इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो ।
उद्धार गरेर भरतपुर अस्पतालमा उपचारका क्रममा चिकित्सकले दिउँसो ३ बजेर ४० मिनेट जाँदा मृत घोषणा गरेको डीएसपी यादवले बताए । बर्खामा नदी, खोला, पोखरी र घोल बढेका कारण यस्तो बेला पौडी खेल्न र पानीमा माछा मार्ने लगायतका गतिविधिमा सावधानी अपनाउन प्रहरीले स्थानीयलाई सजग गराएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























