चितवन विशेष

आज “द एभरेष्ट टक शो” को पाँचौँ शृङ्खला प्रसारण हुँदै

Banner

चितवन, साउन ०२-
एभरेष्ट प्रिस्कुल, भरतपुर–१२, थानीचोक, चितवनद्वारा प्रस्तुत लोकप्रिय कार्यक्रम “द एभरेष्ट टक शो” को पाँचौँ शृङ्खला आज साउन २ गते शनिबार प्रसारण हुँदैछ। एभरेष्ट प्रिस्कुलका लागि फोटो फ्याक्ट्रीद्वारा निर्माण गरिएको यस कार्यक्रमको सञ्चालन लोकप्रिय रेडियो प्रस्तोता महिमा पाण्डे भट्टराईले गर्नुभएको छ।

शिक्षा, बाल्यकाल, विद्यालय जीवन, सामाजिक योगदान तथा प्रेरणादायी अनुभवहरूलाई केन्द्रमा राखेर तयार गरिएको यस टक शोमा विभिन्न क्षेत्रका प्रतिष्ठित तथा अनुभवी व्यक्तित्वहरूसँग विशेष संवाद प्रस्तुत गरिँदै आएको छ। कार्यक्रमले समाजमा सकारात्मक शैक्षिक बहस सिर्जना गर्दै अनुभवी व्यक्तित्वहरूको ज्ञान, अनुभव र प्रेरणादायी जीवनयात्रालाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्य राखेको छ।

आज प्रसारण हुने पाँचौँ शृङ्खलामा अङ्कुरम एकेडेमीका प्रिन्सिपल श्री सुमन पौडेल अतिथिका रूपमा सहभागी हुनुहुनेछ। शिक्षा तथा विद्यालय व्यवस्थापन क्षेत्रमा सक्रिय रहँदै आउनुभएका पौडेलले आफ्नो शैक्षिक यात्रा, विद्यालय नेतृत्व, विद्यार्थीको समग्र विकास, शिक्षकको भूमिका तथा वर्तमान शैक्षिक अवस्थासँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण विषयमा आफ्ना विचार र अनुभवहरू साझा गर्नुभएको छ।

कार्यक्रममा उहाँले विद्यालय सञ्चालन तथा व्यवस्थापनका अनुभव, विद्यार्थी र शिक्षकबीचको सम्बन्ध, बालबालिकाको शैक्षिक तथा व्यक्तित्व विकासमा विद्यालयको भूमिका, गुणस्तरीय शिक्षाका आधारहरू तथा बदलिँदो समयअनुसार शिक्षण पद्धतिमा आवश्यक सुधारका विषयमा महत्त्वपूर्ण धारणा प्रस्तुत गर्नुभएको छ।

विशेषगरी एउटा असल विद्यालय कस्तो हुनुपर्छ, विद्यालय नेतृत्वले शैक्षिक गुणस्तरमा कस्तो प्रभाव पार्छ, बालबालिकालाई व्यवहारिक तथा जीवनोपयोगी शिक्षा कसरी प्रदान गर्न सकिन्छ र उनीहरूको समग्र विकासका लागि अभिभावक, शिक्षक तथा विद्यालयबीच कस्तो सहकार्य आवश्यक हुन्छ भन्ने विषयमा उहाँका विचार तथा अनुभवहरू यस शृङ्खलाका मुख्य आकर्षण रहनेछन्।

वर्तमान शिक्षा प्रणालीमा देखिएका चुनौती तथा अवसर, शिक्षामा प्रविधिको प्रयोग, विद्यार्थीमैत्री शिक्षण वातावरण, अनुशासन, संस्कार, नैतिक शिक्षा तथा नयाँ पुस्तालाई भविष्यका लागि सक्षम बनाउन विद्यालयले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पनि कार्यक्रममा विशेष कुराकानी गरिएको छ। लोकप्रिय रेडियो प्रस्तोता महिमा पाण्डे भट्टराईको प्रभावकारी तथा आकर्षक प्रस्तुति रहेको यस विशेष संवादमा अतिथिको शैक्षिक यात्रा, अनुभव र विचारहरूलाई सहज तथा रोचक रूपमा प्रस्तुत गरिएको छ।

शिक्षा क्षेत्रसँग सम्बन्धित उपयोगी जानकारी, विद्यालय नेतृत्वका अनुभव तथा बालबालिकाको भविष्य निर्माणमा गुणस्तरीय शिक्षाको भूमिकाबारे जान्न चाहने विद्यार्थी, शिक्षक, अभिभावक तथा आम दर्शक–श्रोताका लागि यो विशेष संवाद अत्यन्त उपयोगी र प्रेरणादायी हुने विश्वास गरिएको छ। “द एभरेष्ट टक शो” हरेक शनिबार साँझ ७ः०० बजे नारायणी अनलाइनमार्फत अडियो–भिडियो स्वरूपमा, राति ८ः०० बजे कालिका टिभी एचडीमार्फत टेलिभिजनमा तथा राति ९स्०० बजे कालिका एफएम ९५ दशमलव २ मेगाहर्जबाट अडियो स्वरूपमा प्रसारण हुँदै आएको छ।

शनिबारको नियमित प्रसारण छुटाउने दर्शक तथा श्रोताका लागि१ कार्यक्रमको हरेक बुधबार पुनः प्रसारणसमेत गरिने व्यवस्था रहेको छ। आजको पाँचौँ शृङ्खलामा अतिथि श्री सुमन पौडेलको शैक्षिक तथा नेतृत्व यात्रा, विद्यालय व्यवस्थापनका अनुभव, वर्तमान शिक्षा प्रणालीसम्बन्धी विचार, विद्यार्थीहरूको भविष्य निर्माणमा विद्यालय तथा शिक्षकको भूमिका र गुणस्तरीय शिक्षासँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण तथा प्रेरणादायी विषयमा विशेष कुराकानी प्रस्तुत गरिनेछ।

श्री सुमन पौडेलका अनुभव र विचारहरूबारे थप जान्न तथा शिक्षा क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण जानकारी प्राप्त गर्न आज साँझ ७स्०० बजे नारायणी अनलाइन, राति ८ः०० बजे कालिका टिभी एचडी र राति ९ः०० बजे कालिका एफएम ९५ दशमलव २ मेगाहर्जमा प्रसारण हुने “द एभरेष्ट टक शो” को पाँचौँ शृङ्खला हेर्न तथा सुन्न नछुटाउनुहोला।

एभरेष्ट प्रिस्कुलका लागि फोटो फ्याक्ट्रीद्वारा निर्माण गरिएको र लोकप्रिय रेडियो प्रस्तोता महिमा पाण्डे भट्टराईद्वारा सञ्चालित “द एभरेष्ट टक शो” ले अनुभवी व्यक्तित्वहरूको जीवनयात्रा, विचार, अनुभव र योगदानलाई समाजसमक्ष प्रस्तुत गर्दै नयाँ पुस्तालाई सकारात्मक दिशा दिन तथा समाजमा सार्थक शैक्षिक संवाद विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>