चितवन विशेष

चितवन र मकवानपुरका कृषि फार्महरुको सयुक्त अनुगमन

Banner

चितवन असार २४– 

चितवन र मकवानपुरका कृषि फार्महरुको सयुक्त अनुगमन गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई चितवनको आयोजनामा कृषिसँग सम्बन्धित सरकारी कार्यालयका प्रतिनिधि सहितको टोलीले कृषि फार्महरुको अनुगमन गरेको हो ।

कार्यक्रम कार्यान्वयन इकाई चितवन मार्फत आर्थिक वर्ष २०८२/०८३मा चितवन र मकवानपुरमा सञ्चालित केही योजनाहरुको अनुगमन गरिएको कार्यालय प्रमुख महेश रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार, उद्ययशिलता विकास तर्फको भरतपुर ७मा रहेको मानो मसला उद्योग, केरा तर्फ भरतपुरको सब्जिमन्डीमा रहेको राइनेनिङ च्याम्बर, कालिका ६ मा स्थित मल्टि एग्रो फार्मको केराको बगैचा, कालिका ६ कै मह घर अवलोकन गरिएको थियो । धान जोन तर्फको मकवानपुरको मनहरी गाउँपालिका ७ स्थित रमौली र प्रतापपुरमा रहेको साना सिँचाइ कार्यक्रमको कुलो र पिप्लेको साना किसान कृषि सहकारीमा धान मिलको अवलोकन गरिएको थियो ।

कार्यालय मार्र्फत सयौं योजनाहरूलाई अनुदान प्रदान गरिए पनि बुधबार केही प्रतिनिधिमूलक योजनाहरूको अनुगमन गरिएको हो । यस कार्यालयले तरकारी, धान, माछा, केरा तथा मह क्षेत्रमा अनुदान प्रदान गर्ने गरेको छ । अनुगमन गरिएका क्षेत्रमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । यस चालु आर्थिक वर्षमा कार्यालयले हालसम्म ८५ प्रतिशतको हाराहारीमा वित्तिय प्रगती गरेको छ ।

अनुगमनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा. अर्जुन कुमार श्रेष्ठ, मौरी विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाई, कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेल, भरतपुर महानगरपालिका आर्थिक महाशाखा प्रमुख तेजेन्द्र प्रसाद पौडेल, डिभिज वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्य, जिल्ला समन्वय समिति चितवनका समन्वय अधिकारी नमराज सापकोटा, केरा सुपरजोन, धानजोन, महजोन, माछाजोन र तरकारी जोनका संयोजक सहितको टोली रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>