चितवन विशेष
नारायणगढ रोटरीमा रामप्रसाद गजुरेलको नेतृत्व

चितवन,असार १७-
रोटरी क्लब अफ नारायणगढको वर्ष २०२६/०२७ को अध्यक्षका लागि रामप्रसाद गजुरेल चयन भएका छन् । गजुरेलको नेतृत्वमा बनेको कार्यकारिणी समितिले बुधबारबाट आफ्नो कार्यकाल सुरु गरेको छ । क्लबको समितिको प्रेसिडेन्ट इलेक्टमा अजिता पिया, प्रेसिडेन्ट नोमिनिमा विकास सापकोटा ,उपाध्यक्षमा संगीता गुरुङ रहेका छन । त्यस्तै सचिवमा बिज्ञानलाल श्रेष्ठ , कोषाध्यक्षमा रोहितकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा देव माया श्रेष्ठ चयन भएको क्लबले जानकारी दिएको छ ।
गजुरेलले रोटरीको छबि र रोटरियनको कर्म अनुसार आफुले पहिचान स्थापित हुनेगरी काम गर्ने बताए । उनले पाइप उद्योग, सौराहामा होटल, इलेक्ट्रोनिक पसल र नारायणगढमा ुराइनो फिटनेस हबु जस्ता व्यवसाय सफलतापूर्वक सञ्चालन गरिरहेका छन्। सचिव बिज्ञानलाल श्रेष्ठका अनुसार आउदो अगष्ट सेप्टेम्बरमा बन्दीपुर अस्पतालको लागि ग्लोबल ग्रान्ट परियोजना अन्तर्गत करिब ४४ लाख रुपैयाको कलर अल्ट्रा साउण्ड मेसिन हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । नारायणगढ रोटरीले चितवन सहित नवलपुर, धादिङ ,गोरखा , तनहुँमा खानेपानी ,सिन्चाई ,शिक्षा,कृषिमा बिभिन्न परियोजना सन्चालन गरेको छ ।
त्यस्तै नारायणगढ रोटरीले चितवन सहित नवलपुर, धादिङ ,गोरखा , तनहुँमा खानेपानी ,सिन्चाई ,शिक्षा,कृषिमा बिभिन्न परियोजना सन्चालन गरेको छ ।



























