चितवन विशेष

सैनिक आवासीय महाविद्यालय चितवन नगरकै उत्कृष्ट, कक्षा १२ मा ९८.१० प्रतिशत विद्यार्थी वर्गीकृत

Banner

चितवन, असार १६ –

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षा २०८२ मा श्री सैनिक आवासीय महाविद्यालय चितवनले उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्दै खैरहनी नगरपालिकाभित्रका विद्यालयहरूमध्ये पहिलो स्थान हासिल गरेको हो ।

खैरहनी नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाले हालै सार्वजनिक गरेको नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको नतिजा विवरणअनुसार महाविद्यालयले सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको हो।

महाविद्यालयबाट विज्ञान तथा व्यवस्थापन समूहमा परीक्षामा सहभागी विद्यार्थीहरूमध्ये ९८.१० प्रतिशत विद्यार्थी वर्गीकृत हुन सफल भएका छन्। यो नतिजाले विद्यालयको शैक्षिक गुणस्तर, प्रभावकारी शिक्षण पद्धति तथा विद्यार्थीहरूको निरन्तर मेहनतलाई पुष्टि गरेको विद्यालय प्रशासनले जनाएको छ।

नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार विद्यालयले नगरका अन्य सामुदायिक तथा संस्थागत विद्यालयलाई पछि पार्दै उत्कृष्ट स्थान सुरक्षित गरेको हो। विद्यालयका प्राचार्यले यस उपलब्धिको श्रेय विद्यार्थीहरूको लगनशीलता, शिक्षकहरूको मेहनत, अभिभावकहरूको सहयोग तथा अनुशासित शैक्षिक वातावरणलाई दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>