चितवन विशेष

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

Banner

चितवन, असार १०-

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत भएका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई चितवनले परियोजना लागु भएपछि कृषि वस्तुको उत्पादन, उत्पादकत्व र व्यवसायीकरण प्रवद्र्धन गर्न उत्कृष्ट भूमिका खेलेका किसानलाई धान दिवसको अवसर पारेर पुस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा तरकारी, माछा, धान, केरा, मौरी पालनमा व्यवसायीक रुपमा लागेका किसान रहेका छन् । उनीहरुलाई दश हजार रुपैयाँ नगद, प्रमाणपत्र र दोसल्ला ओडाएर पुरस्कृत गरिएको कार्यालय प्रमुख तथा वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले जानकारी दिए । पुरस्कृत हुनेमा सबैभन्दा तरकारी र धान जोनका किसान बढी छन् ।

सम्मानित हुनेमा कालिका–६ का मोरीपालक कृषक शिवप्रसाद शर्मा, कालिका– १०का गोगन श्रेष्ठ, खैरहनी–१०का विकाश ढकाल, तरकारी जोन तर्फ मकवानपुरको थाहा–१का सुमन गोपाली, थाहा–२का निरोज प्रधान, थाहा–१०का भिमलाल गोपाली, भरतपुर–२८की मिना कुमारी चौधरी, भरतपुर–२६का दिपक प्रसाद तिमल्सिना, भरतपुर–२४का ईश्वरी प्रसाद न्यौपाने, पुरस्कृत हुनुभएको छ । यस्तै धान जोन तर्फ हेटौँडा–१८की सावित्री न्यौपाने, हेटौँडा–१७की कमला कुमारी सापकोटा, मनहरी–६का गोरखनाथ श्रेष्ठ, चितवनको खैरहनी–१३का सुर्यबहादुर बोगटी, राप्ती–की प्रतिभा पाण्डे आचार्य, रत्ननगर–६का डम्बर महत्तो पुरस्कृत भएको रेग्मीले जानकारी दिए । उनका अनुसार माछा जोन तर्फ माडी–७का खगेन्द्रप्रसाद अधिकारी, माडी–३का दयाराम महत्तो, माडी–१का सुरज महत्तो पुरस्कृत भएका छन् । उत्ता केरो जोन तर्फ कालिका–का टंकप्रसाद लामिछाने, रत्ननगर–११का खेलप्रसाद भट्ट र भरतपुर–२८का सुन्दर प्रसाद न्यौपाने पुस्कृत भएको कार्यालयले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>