देश/प्रदेश

गिनिज वल्र्ड रेकड्र्सका ‘आइकन’ बने हरि बुढा मगर

Banner

काठमाडौं, असार ६-

पूर्व गोर्खा सैनिक हरि बुढा मगरलाई गिनिज वल्र्ड रेकड्र्सले ‘आइकन’को रूपमा सम्मान गरेको छ ।

अफगानिस्तानमा ब्रिटिस सेनाको सेवाका क्रममा सन् २०१० मा घुँडाभन्दा माथिबाट दुवै खुट्टा गुमाएका हरिले हार नमानी सन् २०२३ मे १९ मा सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो डबल एबभनी एम्प्युटी बनेर इतिहास रचेका थिए ।

तीन सन्तानका पिता हरिले यो उपलब्धि कीर्तिमानका लागि मात्र नभई अपांगताप्रतिको सोच परिवर्तन गर्न र विश्वभरका मानिसलाई प्रेरित गर्न हासिल गरेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>