चितवन विशेष
चितवनमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको निधन
०

काठमाडौं, असार ४-
चितवनमा ट्याङ्करको ठक्करबाट एक जना पैदलयात्रीको निधन भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, गोरखा पालुङटार नगरपालिका–८ घर भएकी ७९ वर्षीया जानुका देवी काराखेतीको बिहीबार बिहान मृत्यु भएको हो ।
चितवनको रत्ननगर नगरपालिका–२ बकुलहर हस्पिटल चोकस्थित सडकमा बकुलहर हस्पिटलबाट खैरहनीतर्फ जाँदै गरेको ना ७ ख २८०६ नम्बरको ट्याङ्करले पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनमा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्याङ्कर चालकलाई नियन्त्रणमा लिएको र दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























