देश/प्रदेश
राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा
०
काठमाडौँ, असार ४-
राष्ट्रिय आर्थिक गणना, २०८२ अन्तिम चरणमा रहेको छ । गणनामा यही असार ३ गतेसम्म १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी भएका छन् ।
कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार कार्यालयले गत वैशाख २ गतेदेखि असार ७ गतेसम्मका लागि राष्ट्रिय गणना अभियान अघि बढाएको छ । “राष्ट्रिय आर्थिक गणना अहिलेसम्म उल्लासपूर्ण माहोलमा सञ्चालन भइरहेको छ,” उहाँले भन्नुभयो, “अझै तीन दिन बाँकी रहेकाले अन्य प्रतिष्ठानलाई राष्ट्रिय आर्थिक गणनामा सहभागी हुन अनुरोध गरिन्छ ।”
प्रवक्ता लामिछानेका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयबाट खटिएका तीन हजार ९०६ गणकलाई आवश्यक पर्ने तथ्याङ्क उपलब्ध गराउन आव्हान गरिएको छ । ‘कोही पनि प्रतिष्ठान÷व्यवसाय गणनामा सहभागी हुन नछुटौँ, यो महाअभियानलाई सफल पारौँ’ अभियानलाई कार्यालयले अघि सारेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























