देश/प्रदेश
महिला समितिले बालसुधार गृह र वृद्धाश्रमको अनुगमन गर्दै
०

काठमाडौँ, असार ४-
प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिले बालगृह, हिंसा प्रभावित महिलाका लागि सञ्चालित सेवा केन्द्र र वृद्धाश्रमको स्थलगत अनुगमन गर्ने भएको छ ।
समितिको आजको बैठकले ती संस्थाको स्थलगत अनुगमनपछि आवश्यक सुधारका लागि सुझावसहितको प्रतिवेदन तयार गरिने सभापति आकृति अवस्थीले बताउनुभयो ।
समिति सचिव इन्द्रविलास पौडेलले असार १० गते देखि १४ गतेसम्म तीन वटा टोली बनाएर देशका विभिन्न भागमा सञ्चालित बालसुधार गृह र हिंसा प्रभावित महिलाका लागि स्थापना गरिएका सेवा केन्द्र अनुगमन गरिने जानकारी दिनुभयो ।
समितिले बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा रहेका बालसुधार गृहसहित ती संस्थाको अनुगमन गर्न लागेको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























