देश/प्रदेश

प्रकृति संरक्षणमा सेनाको सचेतना

Banner

महेन्द्रनगर, असार ४-

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका विद्यालयमा नेपाली सेनाले प्रकृति संरक्षण तथा मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि सचेनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको रणसिंह दल गणले बेदकोट नगरपालिका–१० चतहरीस्थित रत्न माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रकृति संरक्षणसम्बन्धी सचेतनाका प्रदान गरेको हो ।

रणसिंहदल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले प्रकृति संरक्षण, मानव वन्यजन्तु द्वन्द्व तथा न्यूनीकरणका उपायसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँले त्यसअवसरमा कक्षा ८, ९ र १० मा अध्ययनरत १२९ जना छात्रछात्रालाई शैक्षिक तथा खेलकुदको सामग्री वितरण गर्नुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषकाका कार्यालय प्रमुख लक्ष्मीराज जोशीले ईको क्लबमा आबद्ध विद्यार्थीलाई कृषि औजार तथा बोट बिरुवा हस्तान्तरण गर्नुभयो ।

सेनाले मध्यवर्ती क्षेत्रका स्थानीय विद्यालयका छात्रछात्रालाई सहभागी गराई प्रकृति संरक्षणको महत्व, मानव वन्यजन्तु द्वन्द्व, न्यूनीकरणका उपाय, जनावरको आनीबानी, मानवीय व्यवहारसम्बन्धी सचेतनामूलक कार्यक्रम नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लबबहादुर विष्ट, बेदकोट नगरपालिका–१० का अध्यक्ष रतनसिंह विष्ट, वेदकोट उपभोक्ता समितिका अध्यक्ष भानुमति खडायत, श्रीरत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक शेरबहादुर सार्कीलगायतले सचेतामूलक कार्यक्रमको महत्त्वबारे आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>