चितवन विशेष
स्वदेश फर्किएर युवाले खोले भरतपुर १० कालिकाचोकमा गौथली रेष्टुरेण्ट

चितवन, असार ३-
भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित कालिका चोकमा गौंथली रेष्टुरेण्ट सञ्चालनमा आएको छ । बुधबार एक कार्यक्रमकाबीच चितवन चेम्बर अफ कमर्ससका उपाध्यक्ष रुवीन रामुदामुले रेष्टुरेण्टको उद्घाटन गरेका हुन् ।
उद्धघाटनपछि बोल्दै रामुदामुले विदेशबाट फर्केर स्वदेशमै रेष्टुरेण्ट खोलेर उद्यमी व्यवसायी बन्नु सबल पक्ष भएको बताए । ‘अहिले दैनिक हजारौं युवाहरु देश छोडेर गईरहेका बेला यस्ता युवाले स्वदेशमै व्यवसाय संचालन गर्नु अरुको लागि प्रेरणा समेत बनेको छ’ रामुदामुले भने ।
देशको यस्तो विषम परिस्थितिमा कुनैपनि व्यवसाय संचालन गर्न कठिन भएको बताउंँदै रामुदामुले नयांँ व्यवसाय संचालन गर्नु चुनौति रहेको बताए ।
रेष्टुरेण्टका सञ्चालक जीवन खड्काले विदेशबाट फर्केर स्वदेशमै केही गरौँ भन्ने उद्देश्य सहित यहांँ रेष्टुरेण्ट सञ्चालनमा ल्याएको बताए । ‘म ६ बर्ष कोरिया बसे तर त्यहांँ राम्रै कमाई भएपनि देशमै केही गर्नुपर्छ र गर्नसक्ने हिम्मत र आँट गरेर फर्केको हुंँ’, -संचालक खड्काले भने ।
कोरियामा हस्पिटालिटी क्षेत्रमा गरेको अनुभव र सीप नेपालमै लगाउन सके यहांँ पनि विदेशमा जस्तै कमाउन सकिने उनको भनाई थियो । खड्काका अनुसार रेष्टुरेण्टमा यथेष्ट पार्किङ्ग सुविधा सहित इण्डियन, चाइनिज, कोरियन कन्टिनेन्टल लगायत नेपाली परिकार पाइनेछ । चालिस लाख लगानीमा संचालनमा आएको यो रेष्टुरेण्टमा बार, क्याविन , मिनी हल लगायतका सुविधा पनि रहेको छ । यहांँ झण्डै आधा दर्जनले रोजगारी पाएका छन ।
























