देश/प्रदेश

भाइरल भिडियोमा युवतीलाई खुकुरी देखाएर कुटपिट गर्ने युवक लागुऔषधसहित पक्राउ

Banner

तुलसीपुर (दाङ), असार ३ –

खुकुरी देखाएर युवतीलाई यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि दाङ तुलसीपुरका एक युवक पक्राउ परेका छन् । मङ्गलबार भिडियो सार्वजनिक भएपछि प्रहरीले खोजी गर्दा उनी घरबाटै लागुऔषधसहित पक्राउ परेका हुन् ।

तीन महिनाअघि खिचिएको भिडियो मङ्गलबार सामाजिक सञ्जालमा सार्वजनिक गरिएपछि तुलसीपुर उपमहानगरपालिका–२ भमके निवासी २४ वर्षीय रमेश ठाडामगरलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार घरबाट प्रेगामयाक्स एक ट्याब्लेट, ट्रोहमो ४२ ट्याब्लेट, एन्टिकोप दुई ट्याब्लेट र निट्राजोहम पाँच ट्याब्लेट औषधिसहित पक्राउ गरिएको हो ।

उनीहरुबीच आन्तरिक विवादका कारण ती युवकले खुकुरी देखाएर युवतीलाई यातना दिएको खुलेको हो । उनीहरुबीच सुरुमा सामान्य चिनजान भएको थियो । घटना तीन महिना अघिको भए पनि मङ्गलबारमात्रै भिडियो सार्वजनिक गरिएको थियो । युवकलाई प्रहरीले लागुऔषध दुव्र्यसनीविरुद्ध अनुसन्धान गर्ने जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>