देश/प्रदेश

आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

Banner

चितवन, असार ३-

वि.सं.२०८३ साल असार ३ गते बुधबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः

मेषः

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । मध्यान्नबाट वन्न लागेको काम अकस्मात रोकिएला । वेलुकी पख भने खटपटको सम्भावना रहेको छ ।

वृषः

विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ । ईष्र्या गर्नेहरुले सताए पनि मिहिनेत गर्दा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । साँझपख शुभ समाचार सुन्नमा आउला ।

मिथुनः

मनमा चञ्चलता बढ्नेछ । ब्यर्थमा धनको ब्यय हुने तथा क्रोध उत्पन्न हुने समय परेको छ । खानपानको सोखले स्वास्थ्य प्रतिकुल बन्न सक्नेछ । आज धोका हुन सक्छ, सजग रहनुपर्ला ।

कर्कटः

दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्नेछ । रोकिएर वसेका काम वन्दै जानेछन् । मध्यान्नवाट कार्य क्षेत्रमा प्रगति हुनेछ ।

सिंहः

तत्काल फाइदा लिन खोज्दा भविष्यमा नोक्सान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा व्यवस्थापन आइपर्ला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।, नयाँ कार्यको सुरुवात नगरेकै उचित हुनेछ ।

कन्याः

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ ।

तुलाः

आर्थिक पक्ष सदृढ हुंंदै जानेछ । धार्मिक एवं सामाजिक कार्यमा मन जानेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ ।

बृश्चिकः

अरुका लागि बुद्धि र समय खर्चनुपर्नेछ । व्यापार व्यावसायमा सामान्य लाभ हुनेछ । प्रेम÷प्रेमीकाका बिच मतभेद बढ्न सक्नेछ । वैदेशिक, प्राविधिक र टेक्निकल कामहरूबाट भने लाभ मिल्ने देखिन्छ ।

धनुः

लामो दूरीको यात्रा गर्दा स्वास्थ्यलाई ध्यान दिनुहोला । दिनको उत्तरार्धमा अकस्मात धन हानिको सम्भावना छ । वन्न लागेको काम रोकिएला । कतै पायक पर्ने ठाउँमा आफ्नु समय बित्ने योग छ ।

मकरः

विद्या बुद्धिको विकास हुनेछ । इच्छा र आकांक्षा पूर्ण हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । शारीरिक एवं मानसिक सुख तथा सन्तुष्टि प्राप्त हुनेछ ।

कुम्भः

आज सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । विद्या बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । रोकिएका काम बन्दै जानेछन् । दिनको उत्तरार्ध सुखद रहनेछ ।

मीनः

आदर्श व्यक्तिसंगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । स्त्री वर्गबाट सहयोग मिल्नेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>