देश/प्रदेश

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

Banner

तुलसीपुर (दाङ), असार २ –

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु भएपछि सेवा लिन आउने सेवाग्राही खुसी भएका छन् ।

प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख डा सुरेश रसाइलीले युरोलोजी सेवा स्थानीयस्तरमा नै प्रभावकारी बनेसँगै बिरामीहरू खुसी भएको बताउनुभयो ।

यसअघि जिल्लामा युरोलोजी सेवा नहुँदा सामान्यदेखि विशेषज्ञ उपचारका लागि बिरामीलाई बाहिरका सहर जानुपर्ने बाध्यता थियो । तर, प्रतिष्ठानमा अत्याधुनिक उपकरणसहित यो सेवा विस्तार भएपछि उक्त समस्या समाधान भएको छ ।

प्रतिष्ठानका युरोलोजिस्ट सर्जन डा सुशील खनियाँको नेतृत्वमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मीसहितको टोलीले सानादेखि ठूला शल्यक्रिया अहिले सञ्चालनमा ल्याएपछि सेवाग्राही सन्तुष्ट भएका हुन् । हाल ओपिडी सेवामार्फत दैनिक ७० भन्दा बढी बिरामीले परामर्श तथा उपचार सेवा लिइरहेका छन् ।

प्रतिष्ठानको तथ्याङ्कअनुसार वैशाख १ देखि ३१ गतेसम्म युरोलोजी विभागबाट ११३ जना बिरामीको सफल शल्यक्रियासमेत भएको छ । सोही अवधिमा युरोलोजीतर्फ ५०५ जना बिरामीले ओपिडी सेवा पाएको डा खनियाँले बताउनुभयो । युरोलोजी सेवाअन्तर्गत भर्ना गरेर ६१ जना बिरामीको उपचार गरिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>