देश/प्रदेश

रास्वपाको सुदूरपश्चिम अधिवेशन आज, पार्टी सभापति लामिछानेले उद्धाटन गर्ने

Banner

असार,धनगढी १-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेश अधिवेशन आज (सोमबार) धनगढीमा हुने छ ।

धनगढी स्थित ऋद्धिशिद्ध पार्टी प्यालेसमा हुने प्रदेशको पहिलो अधिवेशन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम तय भएको जनाइएको छ । प्रदेश अधिवेशनका लागि सम्पूर्ण तयारी पुरा भइसकेको रास्वपाका प्रदेश अध्यक्ष प्रकाश विष्टले बताए ।

‘बिहान १० बजे देखि अधिवेशन सुरु हुने छ,’ विष्टले भने, ‘अधिवेशन उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यतालिका रहेको छ ।’

रास्वपाको प्रदेश सभापतिका लागि हाल सम् चार जना आकांक्षि रहेका छन् । रास्वपा श्रोतका अनुसार वर्तमान सभापति प्रकाश विष्ट, कैलाली क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित केपी खनाल, सञ्चार उद्यमी डा। जनकराज पन्त र कञ्चनपुरका नारायण वैद्ये आकांक्षि रहेका रास्वपा श्रोतले जनाएको छ ।

आकांक्षि मध्य मध्य केपी खनाल बालेन पक्षका उम्मेदवार मानिएका छन् भने तीन जनालाई संस्थापन प्रक्षका उम्मेदवार हुन् । आकांक्षि चार जना मध्य वर्तमान प्रदेश प्रदेश सभापति प्रकाश विष्ट र केपी खनाललाई बलियो दाबेदारका रूपमा हेरिएको छ ।

रास्वपाको पहिलो सुदूरपश्चिम प्रदेश अध्यक्षमा केपी खनाल र वर्तमान प्रदेश सभापति प्रकाश विष्टलाई वलिायो दाबेदारका रूपमा हेरिएको छ । केपी खनाल रास्वपाका वरिष्ठ नेता रहेका प्रधानमन्त्री बालेन शाह निकट मानिन्छन् ।

सभापति रवि लामिछाने पक्षले प्रकाश विष्टलाईनै दोहोयाउने योजना बनाए पनि केपी खनालेको उम्मेदवारीले विष्टलाई सहजै सभापति बन्ने वातावरण बन्न नसक्ने देखिएको छ । रास्वपा श्रोतका अनुसार केपी खनाल समूह चुनावै नै नगरी सहमतिमै नेतृत्व ट्ग्याउने रणनीति सहित अघि बढेको देखिन्छ ।

‘पेलेरै भए पनि केपी खनाललाई सभापति बनाएर अघि बढ्ने रणनीति एउटा पक्षको छ,’ रास्वपाका एक सांसदले भने, ‘तर त्यो माहोल बन्छ कि बन्दैन वन्दशत्र पछि थाहा होला ।’

ती सांसदका अनुसार वर्तमान प्रदेश सभापति प्रकाश विष्टलाई अध्यक्षमा दोहोरिन नदिने गरी एउटा समूहले गृह कार्य गरेको छ ।

‘तर सभापति चयनका लागि मतदान गर्ने अवस्था आएमा भने प्रकाश विष्ट समुहनै बलियो हुने अवस्था रहेको छ,’ ती सांसदले भने, ‘त्यसैले पनि केपी खनाल समूह भरसक सहमतिमै नेतृत्व चयन गरेर जानुपर्छ भन्ने रणनीयितका साथ अघि बढेको हो ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>