देश/प्रदेश
डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि लुम्बिनी टेक र अपकोड नेपालबीच सम्झौता

काठमाडौं, जेठ ३१-
नेपालमा दिगो डिजिटल इकोसिस्टम निर्माण गर्ने उद्देश्यका साथ लुम्बिनी टेक इनोभेसन सेन्टर र अपकोड नेपालबीच नेपालमा आधुनिक र डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि औपचारिक रूपमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यो रणनीतिक साझेदारीले नेपालका शहरी क्षेत्रहरूमा विद्यमान फोहोर व्यवस्थापनको चुनौतीलाई प्रविधिको माध्यमबाट समाधान गर्ने लक्ष्य राखेको छ ।
यस सहकार्यले परम्परागत र अव्यवस्थित फोहोर संकलन प्रक्रियालाई विस्थापित गरी एकीकृत डिजिटल फोहोर व्यवस्थापन प्रणाली स्थापना गर्न जोड दिनेछ ।
सम्झौताको महत्त्वबारे प्रस्ट पार्दै लुम्बिनी टेक इनोभेसन सेन्टरका संस्थापक अध्यक्ष धन बहादुर रानाले भने, ‘नेपालमा फोहोर व्यवस्थापन प्रणालीको डिजिटलाइजेसन डिजिटल इकोसिस्टम निर्माणको क्षेत्रमा एउटा ऐतिहासिक कोशढुङ्गा हो । प्रविधिको प्रयोगले हाम्रा समुदायहरूलाई स्वच्छ र स्मार्ट बनाउन मद्दत गर्नेछ ।’
























