चितवन विशेष
चितवनमा हुवावेले प्रस्तुत ग¥यो अत्याधुनिक इन्टरप्राइज आईसीटी समाधान सम्बन्धी गोष्ठी

चितवन, जेठ २६-
हुवावे नेपाल तथा एस्ट्रल कम्प्युटर्स नेपाल प्रालिले चितवनको भरतपुरमा ‘उद्यमहरूको डिजिटल रूपान्तरणमा सशक्तीकरण’ विषयक कार्यक्रमको आयोजना गरेको छ ।
हुवावे नेपाल तथा एस्ट्रल कम्प्युटर्स नेपाल प्रालिले गर्दै आएको कामका बारेमा जानकारी दिने उद्देश्यले सरकारी निकाय, बैंकिङ् क्षेत्रका प्रतिनिधि तथा आइटी क्षेत्रमा काम गर्ने व्यक्तिहरुको सहभागितामा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा हुवावेका अग्रणी डिजिटल तथा स्मार्ट समाधानबारे जानकारी दिँदै विभिन्न उद्योग तथा संस्थाहरूको डिजिटल रूपान्तरण, कार्यदक्षता अभिवृद्धि, सुरक्षा सुदृढीकरण तथा सेवा प्रवाहमा सुधार ल्याउन सूचना तथा सञ्चार प्रविधिको भूमिकाबारे छलफल गरिएको थियो ।
कार्यक्रमका विभिन्न प्रस्तुति तथा अन्तरक्रियात्मक सत्रमार्फत नवीनतम आईसीटी प्रवृत्ति, डिजिटल रूपान्तरणका अवसर तथा संस्थागत सुधारका लागि अपनाउन सकिने व्यावहारिक उपायबारे जानकारी प्रदान गरिएको हुवावेकी मिडिया मार्केटिङ म्यानेजर एलिसा श्रेष्ठले जानकारी दिनुभयो ।
हुवावे नेपालले आफ्नो इन्टरप्राइज व्यवसायसम्बन्धी अद्यावधिक जानकारी प्रस्तुत गर्दै विभिन्न आकारका संस्थाहरूको डिजिटल रूपान्तरणलाई सहयोग पु¥याउन विकसित डिजिटल तथा इन्टेलिजेन्ट समाधानहरूको विस्तृत पोर्टफोलियोबारे जानकारी उहाँले बताउनुभयो ।
कार्यक्रममा आधुनिक क्याम्पस नेटवर्किङ तथा सुरक्षा, साना तथा मझौला व्यवसायका लागि परिदृश्य–आधारित समाधान, उन्नत आईटी पूर्वाधार तथा संस्थाहरूलाई अझ सुरक्षित, लचिलो र भविष्यका लागि तयार बनाउन सहयोग गर्ने डिजिटल समाधानहरूबारे जानकारी दिइएको थियो ।
हुवावे तथा एस्ट्रल कम्प्युटर्सका विज्ञहरूले बुद्धिमान नेटवर्किङ, सुरक्षित आईटी पूर्वाधार तथा एकीकृत डिजिटल प्लेटफर्महरूले व्यवसायलाई बदलिँदो बजारको आवश्यकताअनुसार कार्य गर्न र दीर्घकालीन वृद्धि हासिल गर्न कसरी सहयोग पु¥याउँछन् भन्ने विषयमा प्रकाश पारेका थिए।
कार्यक्रममा बोल्दै हुवावे नेपालका उप माकेर्टिङ म्यानेजर प्रदिप पहारले विभिन्न उद्योग क्षेत्रमा नवप्रवर्तन र प्रतिस्पर्धात्मकता वृद्धि गर्न डिजिटल रूपान्तरणको महत्वपूर्ण भूमिका रहेको बताए । उनले बढ्दो रूपमा डिजिटल प्रविधि अपनाइरहेका सन्दर्भमा भरपर्दो र सुरक्षित आईसीटी पूर्वाधारले दिगो विकास तथा आर्थिक वृद्धिलाई टेवा पु¥याउने बताए ।
हुवावे नेपालले देशभरका ग्राहक तथा साझेदारहरूसँग सहकार्य गर्दै नवीन आईसीटी समाधान र साझेदारीमार्फत नेपालको डिजिटल रूपान्तरण यात्रामा निरन्तर योगदान पु¥याउँदै आएको जनाएको छ । यस्ता कार्यक्रममार्फत संस्थाहरूलाई डिजिटल प्रविधिको प्रभावकारी उपयोग गर्न तथा नयाँ सम्भावनाहरूको खोजीमा सक्षम बनाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
























