चितवन विशेष
भरतपुरमा स्कुल बसको ठक्करबाट मृतक साइकलयात्रीको पहिचान खुल्यो

चितवन,जेठ २१-
चितवनको भरतपुर महानगरपालिका–१६, बिजयनगर चोकस्थित भित्री सडक खण्डमा बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ निवासी ५५ वर्षीय शुकराम चौधरी रहेका छन् । बिहीबार अपरान्ह करिब ४ः१५ बजे भएको दुर्घटनामा परेर चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभुसन यादवले जानकारी दिनुभयो ।
नवलपुरको गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजको ना १ क ७४९४ नम्बरको बसले साइकलमा सवार चौधरीलाई ठक्कर दिएको थियो । दुर्घटनापश्चत आक्रोशित स्थानीयले बस तोडफोड गरेका छन । अहिले पनि शव घटनास्थलमै रहेको छ । जनप्रतिनिधिको रोहबरमा पिडित पक्षसंग वार्ता भइरहेको छ । दुर्घटनास्थलमा रहेको बस र चालकलाई ठूलो संख्यामा प्रहरी परिचालन गरेर सुरक्षा दिइएको छ । स्थानीयले चालकले मापसे गरेर बस चलाएका कारण दुर्घटना भएको आरोप लगाएका छन ।


























