समाचार

प्राणघातक रोगसँग लडिरहेका अनुप खड्कालाई सहयोगको याचना

Banner

धनकुटा, जेठ ९ –

धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर १, कोप्चे पञ्चकन्या टोल निवासी पदम बहादुर खड्काका २९ वर्षीय सुपुत्र अनुप खड्का हाल कलेजोको नसासम्बन्धी जटिल तथा प्राणघातक रोगसँग जीवन–मरणको संघर्ष गर्दै भारतकोBLK–Max Super Speciality Hospitalमा उपचाररत छन् ।

सानो उमेरमै ठूलो पीडासँग लडिरहेका अनुपको उपचारका लागि परिवारले अहिलेसम्म करिब ६०–६५ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ ।

आफ्नो छोराको जीवन बचाउन परिवारले सक्दो प्रयास गरिरहेको भएपनि अब आर्थिक अभावका कारण उपचारलाई निरन्तरता दिन अत्यन्त कठिन अवस्था सिर्जना भएको छ । उनको परिवारले आफ्नो सन्तानलाई बचाउन सहयोगको अपेक्षा गरेका छन् ।

सहयोगी मनहरुले क्यूआरमार्फत वा नगद रूपमा सहयोग प्रदान गर्न सक्नेछन् । नगद सहयोग गर्न चाहनेहरूलाई रसिदमार्फत सहयोग संकलन गरिनेपनि परिवारले जनाएको छ ।

धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका महालक्ष्मी नगरपालिका वडा नम्बर १ का वडा सचिव भेषनारायण पौडेलले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘मानिस ठूलो धनले होइन, ठूलो मनले बन्छ । आज तपाईंको सानो सहयोग कसैको जीवनको आशा बन्न सक्छ। आउनुहोस्, सबै मिलेर अनुप भाइको जीवन बचाउने अभियानमा साथ दिऔं। सबैसँग आर्थिक सहयोग गर्ने अवस्था नहुन सक्छ, तर हजुरले यो पोस्ट धेरैभन्दा धेरै सेयर गरिदिनुभयो भने पनि त्यो ठूलो मानविय सहयोग हुनेछ ।’ न्यूज र्बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>