देश/प्रदेश

काठमाडौं उपत्यकामा २४ घण्टामा ६५० सवारीसाधनमाथि ट्राफिक कारबाही

०
Banner

काठमाडौं ,कात्तिक २४ –

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५० सवारीसाधनमाथि कारबाही गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ माघ २४ गते बिहान ६ बजेसम्मको विवरणअनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १६४ जनामाथि कारबाही गरिएको छ।

त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ११२, सिसीटिभी निगरानीबाट ३९, रातो बत्ती उल्लङ्घन गर्ने २०, सवारीको अवस्था ठीक नभएका १८ र अनावश्यक हर्न बजाउने ७ जनामाथि कारबाही गरिएको छ।

यसैगरी, लेन अनुशासन उल्लङ्घन गर्ने २ र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने २८८ सवारीसाधनमाथि कारबाही गरिएको विवरणमा उल्लेख छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>