समाचार

अश्लील शब्द प्रयोग गरेको आरोपमा तीन कमेडियनलाई साइबर ब्युरोको चेतावनी

Banner

काठमाडौं,जेठ ८-

तीन जना कमेडियन तथा पडकास्टरलाई नेपाल प्रहरी साइबर ब्युरोले बोलाएर चेतावनी दिएको छ। पोडकास्ट कार्यक्रममा अश्लील शब्द प्रयोग भएको भिडियो सार्वजनिक भएपछि उनीहरूलाई सचेत गराइएको प्रहरीले जनाएको छ।

तीन दिनअघि प्रहरीले उत्सव सापकोटा, विशाल गौतम र सजन श्रेष्ठ लाई साइबर ब्युरोमा बोलाएर भविष्यमा त्यस्ता शब्द प्रयोग नगर्ने प्रतिबद्धतासहित कागज गराएर छाडेको हो। साइबर ब्युरोका सूचना अधिकारी दिलीप कुमार गिरी का अनुसार सजन श्रेष्ठले सञ्चालन गर्ने द लास्ट क्वेश्चन नामक पोडकास्टमा उत्सव सापकोटा र विशाल गौतमले अश्लील भाषा प्रयोग गरेको भिडियो प्रसारण भएपछि प्रहरीको ध्यानाकर्षण भएको थियो।

‘केही दिनअघि उहाँहरूलाई बोलाएर अबदेखि त्यस्ता शब्द प्रयोग नगर्ने गरी कागज गरेर छाडेका छौँ,’ गिरीले बताएका छन्। श्रेष्ठ, गौतम र सापकोटा विभिन्न कमेडी शो तथा पोडकास्ट कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>