इच्छकामना
एसईई उत्तिर्ण विद्यार्थीलाई इच्छाकामना प्याव्सनको बधाई तथा विदाइ कार्यक्रम

कुरिनटार,जेठ ३-
इच्छाकामना गाउँपालिका अन्तर्गतका विद्यालयहरूबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफल भएका विद्यार्थीहरूलाई बधाई तथा विदाई कार्यक्रम गरिएको छ । प्याब्सन फोकल पर्सन टंक प्रसाद त्रिपाठीको सभापतित्वमा भएको कार्यक्रम इच्छाकामना गाउँपालिका वडा नम्वर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र बहादुर रोकाया सहभागी हुनुभएको थियो । साथै विभिन्न विद्यालयहरूका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई मायाको चिनो तथा खादा वितरण गरिएको थियो । छात्र तर्फ पालिका प्रथम रिवाज थापा ३.९७ जिपिए, छात्रा तर्फ पालिका प्रथम,क्रिष्मा लम्साल ३.९० जिपिए र छात्र तर्फ पालिका दित्तिय अभिसेक उप्रेती ३.९१ जिपिए तथा मस्याङदी शिक्षा सदनकी छात्रा सारिका बस्नेतलाई बिशेष सम्मान तथा प्रमाणपत्र वितरण गरियो । कार्यक्रममा सहभागिलाई प्रगती पाठशालामा सहप्राचार्य इश्वर विलास अधिकारीले स्वगत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सुर्दशन कट्टेलले संचालन गर्नुभएको थियो ।



























